चर्को मूल्य वृद्धि र महँगीविरुद्ध नेकपा (बहुमत) द्वारा काभ्रेको बनेपामा प्रदर्शन

चर्को मूल्य वृद्धि र महँगीविरुद्ध नेकपा (बहुमत) द्वारा काभ्रेको बनेपामा प्रदर्शन

काभ्रे : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पेट्रोलियम पदार्थको मूल्य वृद्धिका साथै उपभोग्य वस्तुमा भएको महँगीविरुद्ध आज बनेपामा प्रदर्शन गरेको छ ।

बनेपाको चारदोबाटो चोकमा भएको विरोध प्रदर्शनका क्रममा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर, महँगी नियन्त्रण गर, दलाल पुँजीवादी संसदीय व्यवस्था मुर्दावाद, वैज्ञानिक समाजवादी क्रान्ति जिन्दावादलगायत नारा लगाइएको थियो ।

विरोधसभालाई नेकपा (बहुमत) काभ्रेका संयोजक कृष्ण सेवाले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :