अखिल क्रान्तिकारीद्वारा यौनहिंसा गर्ने कलेज सञ्चालक समिति सदस्यहरूलाई कारबाही गर्न चेतावनी

अखिल क्रान्तिकारीद्वारा यौनहिंसा गर्ने कलेज सञ्चालक समिति सदस्यहरूलाई कारबाही गर्न चेतावनी

काठमाडौँ : नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारी काठमाडौँले चाबहिलस्थित सेन्ट लरेन्स कलेजमा अध्ययनरत छात्राहरूमाथि दुईजना सञ्चालक समितिका सदस्य जनार्दन अधिकारी (कोअर्डिनेटर) र केशव दङ्गालले पटकपटक यौनहिंसा गरेको भन्दै कारबाही गर्न माग गरेको छ ।

अखिल क्रान्तिकारी काठमाडौँका संयोजक हस्त विकले विज्ञप्ति जारी गरी उक्त घटनाप्रति सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको र विद्यार्थीमाथि कलेज प्रशासनले विभिन्न लोभलालच देखाई घटनालाई ढाकछोप एवम् धम्कीपूर्ण भाषाशैलीको प्रयोग गरेको भन्दै अपराधीलाई नबचाउन चेतावनी दिएका छन् ।

संयोजक विकले उक्त घटनामा संलग्न दोषीलाई कडा दण्ड दिन र पीडितलाई न्याय दिनका लागि सरोकारवाला पक्षसँग आग्रह पनि गरेका छन् । अन्यथा विद्यार्थी आन्दोलनबाट उत्पन्न हुने परिणामको जिम्मा स्वयम् कलेज प्रशासन र सरोकारवाला पक्षले लिनुपर्ने चेतावनी पनि विकले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :