बर्दिया : नेपाल कम्युनिस्ट पार्टी बर्दियाले जागरण अभियान कार्यक्रमलाई तिव्रता दिएको छ । गुलरिया नगरपालिकास्थित सङ्गम बस्तीका सुकुम्बासी, सहिद परिवार र उत्पीडित वर्गका जनताले अब एक मात्र पार्टी नेपाल कम्युनिस्ट पार्टीमा भरोसा रहेको बताएका छन् । उक्त कार्यक्रम सञ्चालन तपेन्द्र रसाइलीले गरेका थिए ।
नेपाल कम्युनिस्ट पार्टीका बिशेष कमिटी सदस्य तथा प्रमुख अतिथि हिम शिखरले वैज्ञानिक समाजवाद स्थापना र जनमतसङ्ग्रहको मूल नारासहित श्रमिक जागरण अभियानमा होमिन आग्रह गरे । यस्तै नेकपा बर्दिया जिल्ला सेक्रेटरी गणेश चौधरीले संसदीय व्यवस्था पूर्ण असफल भएकोले अब एकृकीत जनक्रान्तिमा आबद्ध हुन अनुरोध गरे ।