अखिल क्रान्तिकारी कञ्चनपुर जागरण अभियानमा

अखिल क्रान्तिकारी कञ्चनपुर जागरण अभियानमा

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टीको भातृ सङ्गठन अखिल (क्रान्तिकारी) कञ्चनपुर जिल्ला समिति तीन महिने विद्यार्थी जागरण अभियानमा तिब्र रुपमा खटिएको छ ।

सङ्गठनको केन्द्रीय तथा प्रदेश समितिले निर्णय गरेको तीन महिने विद्यार्थी जागरण अभियान उद्घाटन पश्चात सङ्गठन निरन्तर रूपमा जिल्लाका स्कुल, क्याम्पसहरूमा सङ्गठन विस्तार गर्ने, आम विद्यार्थीहरूसँग सङ्गठनको विचार धारणामा छलफल गरी वैज्ञानिक समाजवादी शिक्षाको बारेमा बहस चलाउने गरेको छ र विद्यार्थीहरूलाई सङ्गठनमा सङ्गठित गरी समाजवादी जनमत निर्माण गर्ने, वैज्ञानिक समाजवादी शिक्षाका लागि जनमतसङ्ग्रह भन्ने मूल नारालाई आम विद्यार्थी माँझ व्यापक बनाउने काममा लागेको सङ्गठनका जिल्ला अध्यक्ष टेकेन्द्र पाठकले बताए । आइतबार पनि सङ्गठनका केन्द्रीय सचिव वीरेन्द्र शाहको उपस्थितिमा जिल्लाको महेन्द्रनगरस्थित भृकुटी माविमा रोशन नेपालीको नेतृत्वमा कमिटी गठन गरिएको उनी बताउँछन् ।

साथै जिल्लाका विद्यालयहरू जनज्योति बहुमुखी क्याम्पस, बैजनाथ मावि, बालजगृति मावि, कन्या मावि, साधारण माविलगायत अन्य स्कुल क्याम्पस कमिटी गठन र वालपेन्टिङ्गको काम भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :