नेकपा नवलपुरद्वारा पार्टी पुनर्गठन दिवसको अवसरमा शुभकामना आदानप्रदान

नेकपा नवलपुरद्वारा पार्टी पुनर्गठन दिवसको अवसरमा शुभकामना आदानप्रदान

नवलपुर : नेपाल कम्युनिस्ट पार्टी नवलपुरले जिल्लाको कावासोतीस्थित सहिद पार्कमा पार्टी पुनर्गठन दिवस मनाएको छ । जिल्ला पार्टी तहका नेता कार्यकर्ता, युवा, विद्यार्थी, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय जनसमुदायको बीचमा शुभकामना आदानप्रदान गरेर मनाएको हो ।

कार्यक्रमको प्रमुख अतिथि पार्टीका बिशेष जिल्ला समिति सदस्य बिश्वास रहेका थिए भने अध्यक्षता जिल्ला सेक्रेटरी शितल र स्वागत मन्तव्य युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य अविनासले गरेका थिए र सञ्चालन जिल्ला जनसकार प्रमुख बिशालले गरेका थिए ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादी, नेकपा क्रान्तिकारी माओवादी लगायतका जिल्ला प्रतिनिधिहरूको उपस्थितिमा शुभकामना आदानप्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :