अखिल (क्रान्तिकारी) चितवनद्वारा पार्टी पुनर्गठन दिवसको अवसरमा चियापान

अखिल (क्रान्तिकारी) चितवनद्वारा पार्टी पुनर्गठन दिवसको अवसरमा चियापान

चितवन : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) चितवनले  ८औँ पार्टी पुनर्गठन दिवसको अवसरमा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

नारायणगढको बालकुमारी कलेजमा अखिल (क्रान्तिकारी) क्याम्पस जिल्ला समिति चितवन, अखिल (क्रान्तिकारी) जिल्ला समिति चितवन र अखिल (क्रान्तिकारी) सिटिईभीटी जिल्ला समिति चितवनको संयुक्त आयोजनामा पार्टी पुनर्गठन दिवसको अवसरमा चियापान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी चितवनका विशेष कमिटी सदस्य ध्रुव खड्का प्रमुख अतिथि रहेका थिए भने अतिथिहरूमा विशेष कमिटी सदस्य रुद्र भट्टराई, जिल्ला सेक्रेटरी मिनप्रसाद सापकोटा, जनस्वास्थ्यकर्मी महासङ्घका केन्द्रीय महासचिव डा.प्रकाश चन्द, चितवन जिल्ला कमिटी सदस्यहरू भरत न्यौपाने, हुकुम खड्का, रमेश न्यौपाने, अखिल (क्रान्तिकारी) बाग्मती प्रदेश पश्चिम विशेष प्रदेशका इन्चार्ज सुरेन्द्र बस्नेत रहेका थिए ।

अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा क्याम्पस जिल्ला समिति इन्चार्ज केशबराज भट्टराईले सञ्चालन गरेको उक्त कार्यक्रमको अध्यक्षता अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा सिटिईभीटी चितवनका इन्चार्ज लक्ष्मण विकले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :