अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको आयोजनामा ८ औं पार्टी पुनर्गठन दिवसको उपलक्ष्यमा आज अतिरिक्त क्रियाकलाप अन्तर्गत मैत्रीपूर्ण अखिल फुटसल बालुवाटार काठमाडौँमा सम्पन्न भएको छ ।
केन्द्रीय सचिवालय सदस्य र केन्द्रीय सदस्य बीच भएको उक्त फुटसलमा केन्द्रीय सदस्यहरुको टिमले १० गोल गरेको थियो भने सचिवालय सदस्यहरूको टिम ८ गोल गरेको थियो ।
२ गोलको अन्तरले केन्द्रीय सदस्यहरूको टिम विजय भएको थियो । केन्द्रीय सदस्यहरू टिमबाट रविन केसीले ५ गोल, महेश अधिकारीले ४ गोल र मानबहादुर तिरुवाले १ गोल गरेका थिए भने केन्द्रीय सचिवालय सदस्यहरूको टिमबाट अध्यक्ष प्रकाश शाहीले ४ गोल, उपाध्यक्ष नरेन्द्र विश्वकर्माले १ गोल, महासचिव मिलन राईले १ गोल र सचिवालय सदस्य मदन केसीले २ गोल गरेका थिए ।