अखिल क्रान्तिकारी इलामद्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धिबिरुद्ध प्रदर्शन

अखिल क्रान्तिकारी इलामद्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धिबिरुद्ध प्रदर्शन

इलाम : पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबिरुद्ध निरन्तर आन्दोलित बनेको नेपाल कम्युनिस्ट पार्टीको जनवर्गीय सङ्गठन अखिल क्रान्तिकारी इलामले सोमबार इलाम बजारमा बिरोध प्रदर्शन गरेको छ ।

इलामको मुख्यबजारमा सयौँ विद्यार्थीहरूले जुलुससहित गरेको प्रदर्शन पछिको कोण सभामा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा इलाम जिल्ला इन्चार्ज बिनोद मगरले सम्बोधन गरेका थिए । विद्यार्थी नेता मगरले सरकारले यो मूल्यवृद्धि तुरुन्त घटाउनुपर्ने बताए । मूल्य वृद्धिको कारण जनताले सास्ती भोग्न परेको बताउँदै जनबिरोधी काम नगर्न सरकारलाई आग्रह गरे ।

मूल्यवृद्धि नघटुञ्जेल निरन्तर आन्दोल्न गर्ने बताएको नेकपाले निरन्तर सङ्घर्ष गरिरहेको छ । इलाममा पनि नेकपाको जनवर्गीय सङ्गठनहरू आन्दोलित हुँदै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :