सिन्धुलीमा पार्टी पुनर्गठनको पूर्व सन्ध्यामा बाईक र्याली

सिन्धुलीमा पार्टी पुनर्गठनको पूर्व सन्ध्यामा बाईक र्याली

सिन्धुली : नेपाल कम्युनिस्ट पार्टी सिन्धुलीले पार्टी पुनर्गठनको पूर्व सन्ध्यामा बाईक र्याली सम्पन्न गरेको छ ।

र्यालीमा जिल्ला सचिव गोपाल ब्लोन, विशेष कमिटी सदस्य शशी राई, युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला अध्यक्ष तेज लामा, श्रमिक समुदाय मोर्चा, नेपालका केन्द्रीय सदस्य जीवन नेपाली, जिल्ला सदस्य कपिल, भरत दाहाल, मानबहादुर, अर्जुन लगायत युवाहरूको उपस्तिथिमा र्याली सम्पन्न गरेको हो । र्याली पछि कोणसभामा परिणत भएको थियो ।

कोणसभामा सेक्रेटरी गोपालले दलाल संसदीय व्यवस्थाले जबर्जस्त थोपरेको व्यवस्था अब जनताले नस्वीकार्ने र यसको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था जनताको व्यवस्थामा स्थापन गर्नुपर्ने बताए । साथै उने जिल्लामा पार्टी पुनर्गठनको उत्सब मनाउन जिल्लाका नेता तथा कार्यकर्ता, शुभ चिन्तक, समर्थक सबै नागरिकलाई मङ्सिर ८ गते पार्टी पुनर्गठन दिबसलाई उत्साहका साथ मनाउन अपिल गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :