युवा सङ्गठन नेपाल राजपुर गाउँ कमिटीको भेला सम्पन्न, अध्यक्षमा महरा

युवा सङ्गठन नेपाल राजपुर गाउँ कमिटीको भेला सम्पन्न, अध्यक्षमा महरा

दाङ : नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपाल दाङ जिल्ला अन्तर्गत राजपुर गाउँ कमिटीको प्रथम भेला मङ्गलवार राजपुरमा सम्पन्न भएको छ । गाउँपालिका स्तरीय प्रथम भेलाले खिमबहादुर महराको अध्यक्षतामा १५ सदस्यीय कमिटी चयन गरेको हो ।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी दाङका सेक्रेटरी प्रदिपले संसदीय व्यवस्थाको चरम सङ्कटबाट देशलाई मुक्त गर्न युवाहरू एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापनाका लागि लामबद्ध हुन अपिल गरे । सेक्रेटरी प्रदिपले देश र नेपाली जनता इतिहासमै सर्वाधिक सङ्कटमा रहेकाले त्यसको निकासका लागि सम्पूर्ण युवाहरूले ऐतिहासिक र निर्णायक पहलकदमी लिन आवश्यक रहेको बताए । उनले भने, “युवाहरू निराश, थकित, सङ्कल्पविहिन हुने होइन बरु दमन, जेलनेल, मालिकका थुप्रै षड्यन्त्रलाई धुलो चटाएर क्रान्ति मार्गमा अबिचलित हिड्ने हो ।”

नेपालमा असफल संसदीय व्यवस्थाको चिहानमा जनताको वास्तविक प्रतिनिधित्व हुने वैज्ञानिक समाजवाद स्थापना जुनसुकै मूल्य चुकाएर गर्ने नेता प्रदिपको उद्घोष थियो ।

कार्यक्रममा युवा सङ्गठन नेपाल दाङका इन्चार्ज मनोज, नेकपा लमही नगर इन्चार्ज/सेक्रेटरी जनक, नेकपा राजपुर गाउँपालिका इन्चार्ज/सेक्रेटरी उज्वल, अखिल (क्रान्तिकारी) दाङ जिल्ला सचिवालय सदस्य रबिन, नेकपा दाङ जिल्ला सल्लाहकार समिति सदस्य द्वय मधुसूदन, भिमबहादुर, नेकपा दाङ जिल्ला कमिटी सदस्य द्वय रामप्रसाद र हरि यादवको आतिथ्य रहेको थियो । खिमबहादुर महराको अध्यक्षतामा भएको भेलाको सहजीकरण श्रवण कुमार यादवले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :