कञ्चनपुरमा पत्रकारमाथि सांघातिक हमला, महासङ्घद्वारा कारवाहीको माग

कञ्चनपुरमा पत्रकारमाथि सांघातिक हमला, महासङ्घद्वारा कारवाहीको माग

क्ञ्चनपुर : पत्रकार विमल धामी, युवा उद्यमी सन्देश पाण्डे र विद्यार्थी सतिश नेपालीमाथि सांघातिक हमला गर्ने गिरोहलाई बेलडाँडी प्रहरीले अझैँ पक्राउ गरेको छैन ।

शुक्रबार साँझ कञ्चनपुरको चवन्नी बजारमा सुरेश खत्री सहितको गिरोहले शुरुमा विद्यार्थी सतिश नेपाली, त्यसपछि क्रमिक रुपमा युवा उद्यमी सन्देश पाण्डे र पत्रकार विमल धामीमाथि सांघातिक हमला गरेर कुटपिट गरेर फरार भएका थिए । बेलडाँडीका किशोर एवम् विद्यार्थी नेपालीमाथि कुटपिट गरिरहेका बेला युवा उद्यमीले यसरी निर्धात किन ? कुटपिट गरेका छौँ । भनेर सम्झाई बुझाई गर्ने क्रममा युवा उद्यमी पाण्डेको टाउको फुटाएर भागेको गिरोहसँग घटनाबारे सोधपुछ गर्दा पत्रकार धामीमाथि समेत हमला गरि खत्रीको गिरोह भागेको स्थानीय अभिमानसिंह थापाले बताए ।

घटना घटेको एक दिन बितिसक्दा पनि बेलडाँडी प्रहरीले गाँउमा विद्यार्थी, युवा यद्यमीदेखि पत्रकार कुटपिट गिरोहलाई पक्राउ गरेको छैन । खोज्दैछौँ, खोजिरहेका छौँ, भन्दै प्रहरीले आलटाल गरिरेहको छ । तर, दोषी भागेर विदेश जानसक्ने भन्दै स्थानीयले पं्रहरीको विगतको कार्य देखेर प्रहरीप्रति शङ्का गरिरहेका छन् । उता नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखाले पत्रकार धामीमाथि कुटपिट गर्ने गिरोहलाई कारवाहीको माग अघि सारेको छ । पत्रकार महासङ्घले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै बेलडाँडी पोष्टका सह–सम्पादक तथा पत्रकार महासङ्घका निर्वतमान सदस्य धामी सहितमाथि भएको सांघातिक हमलाको भत्र्सना गरेको छ ।

पत्रकार महासङ्घ कञ्चनपुरका अध्यक्ष माधवसिंह धामीले हस्ताक्षर गरेको विज्ञप्तिमा घाइते पत्रकारको शिघ्र लाभको कामना गरेको छ । खत्री गिरोहको आक्रमणमा परी पत्रकार धामी, युवा उद्यमी पाण्डे र विद्यार्थी नेपाली घाइते भएका थिए । घाइते पत्रकार र युवा उद्यमी उपचारपछि घर फर्किएपनि विद्यार्थी नेपालीको भने कैलालीको सारथी अस्पतालमा उपचार भइरहेको छ । गाँउमा आतङक मच्चाउने र विद्यार्थीदेखि पत्रकारमाथि हमला गर्ने गिरोहमाथि कारवाही नगरि स्थानीयले प्रहरीबिरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । जिल्ला र ईप्रका बेलडाँडीले भने हमला गर्ने गिरोहलाई पक्राउ गरेर कारवाही गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :