राष्ट्रिय थारू मुक्ति मोर्चा रुपन्देहीको जिल्ला भेला सुरु

राष्ट्रिय थारू मुक्ति मोर्चा रुपन्देहीको जिल्ला भेला सुरु

मुर्गिया : नेपाल कम्युनिस्ट पार्टी निकट राष्ट्रिय थारू मुक्ति मोर्चा रुपन्देही जिल्लाको प्रथम जिल्ला भेला सुरु भएको छ ।

रुपन्देहीको मुर्गिया बजारमा व्यापक जनसमुदायको उपस्थितिमा भएको र्यालीमा राष्ट्रिय थारु मुक्ति मोर्चा जिन्दावाद !, प्रथम भेला भव्य रुपमा सफल पारौँ !, सम्पूर्ण उत्पीडित थारु एक होऔँ !, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद !, वैज्ञानिक समाजवाद जिन्दावाद !, एकीकृत जनक्रान्ति जिन्दावाद ! जनमतसङ्ग्रह घोषणा गर ! राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर ! दलालहरू होसियार ! लगायतका नाराहरू लगाइएको थियो । र्यालीले मुर्गिया बजार परिक्रमा गरेको थियो ।

र्यालीमा नेकपाका रुपन्देही जिल्ला सेक्रेटरी विश्वास, राष्ट्रिय थारु मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष सङ्घप्रसाद थारू, मोर्चाका केन्द्रीय महासचिव नाथुप्रसाद थारु, मोर्चाका रुपन्देही जिल्ला अध्यक्ष मदन थारु लगायत जिल्ला पार्टी तथा जबस÷मोर्चाका जिल्ला स्तरीय नेताकार्यकर्ता, बुद्धिजीवी, पत्रकार, सुरक्षाकर्मीको व्यापक उपस्थिति रहेको थियो ।

भेलामा सेक्रेटरी विश्वास, मोर्चाका केन्द्रीय अध्यक्ष सङ्घप्रसाद थारु, मोर्चाका केन्द्रीय महासचिव नाथुप्रसाद थारु लगायतले सम्बोधन गर्ने बताइएको छ । भेलाले मोर्चाको नयाँ जिल्ला कार्यसमिति निर्माण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :