मजदुर राईको असामयिक निधनप्रति निर्माण मजदुर सङ्घको शोक वक्तव्य

मजदुर राईको असामयिक निधनप्रति निर्माण मजदुर सङ्घको शोक वक्तव्य

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको जनवर्गीय सङ्गठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ सम्बद्ध पेशागत घटक सङ्घ अखिल नेपाल क्रान्तिकारी निर्माण मजदुर सङ्घले दिवङ्गत अंगत राइप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल सम्पूर्ण आत्मीय परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । कोरोना भाइरसबाट सङ्क्रमित ३७ बर्षीय अंगत राईको अस्पतालमा उपचारको क्रममा मलेसियामा सोमबार निधन भएको थियो ।

सङ्घका केन्द्रीय अध्यक्ष रामशरण तिमल्सिनाद्वारा हस्ताक्षर गरिएको उक्त वक्तव्यमा, मलेसियामा आठ (८) बर्षदेखि कार्यरत अंगत राई, कोरोना सङ्क्रमित भएको र उपचारका क्रममा मङ्गलबार अस्पतालमा उनको निधन भएको उल्लेख छ । वक्तव्यमा, नेपालमा रहँदा बस्दा उत्पीडित श्रमिक वर्गको मुक्तिका खातिर सङ्गठनले सञ्चालन गरेका हरेक न्यायपूर्ण जनसङ्घर्षहरूमा राई निशर्त सामेल हुने गरेको समेत जनाइएको छ । बुवा रामबहादुर राइको कान्छो छोरा, दिवंगत राईको मिति २०४१/११/१५ गते मङ्गलबारका दिन हालको बराहापोखरी गापा; वडा नं तीन (३) खोटाङ जिल्लामा जन्म भएको हो भने ३७ बर्षको उमेरमा मलेसियाको एक कम्पनीमा कार्यरत रहेको बखत कोरोनाबाट गम्भीर रुपमा सङ्क्रमित भई सोमबार मात्र उनको निधन भएको थियो ।

यसअघि अखिल नेपाल क्रान्तिकारी निर्माण मजदुर सङ्घको विभिन्न तहमा रहेर कुशलतापूर्वक जिम्मेवारी बहन गरेका, अंगत राईप्रति श्रद्धाञ्जली व्यक्त गर्दै वक्तव्यमा भनिएको छ, ‘न्यायपूर्ण जनसङ्घर्षप्रतिको दृढ विश्वास, दायित्वप्रतिको जुझारु लगनशीलता र निष्ठा जस्ता उहाँका अमूल्य र अनुकरणीय गुणहरूबाट सिक्दै र शिक्षा लिँदै अधुरा सपना पूरा गरिछाड्ने प्रतिबद्धतासहित हामी र हाम्रो सङ्गठन बिशेष प्रण गर्दछ ।’ वक्तव्यको पूर्ण पाठ …..

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :