मुगु–काठमाडौँ जनगणतान्त्रिक सम्पर्क मञ्चको संयोजकमा परियार

मुगु–काठमाडौँ जनगणतान्त्रिक सम्पर्क मञ्चको संयोजकमा परियार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट मुगु–काठमाडौँ जनगणतान्त्रिक सम्पर्क मञ्चको समिति गठन भएको छ । नेकपाका केन्द्रीय सदस्य तथा हुम्ला/मुगु जिल्ला इन्चार्ज सङ्गमको प्रमुख अतिथि तथा जनगणतान्त्रिक सम्पर्क मञ्चका केन्द्रीय महासचिव पुर्ण श्रेष्ठको विशेष अतिथिमा कार्यक्रम सम्पन्न भएको हो । भेलाले बिर्खबहादुर परियारको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको छ ।

इन्चार्ज सङ्गमले कार्यक्रममा बोल्दै पार्टीको नीति, कार्यदिशा र नेकपा हुम्ला/मुगुमा गरेको गतिविधिबारे जानकारी दिएका थिए । उनले यस जनगणतान्त्रिक सम्पर्क मञ्चले केन्द्र र जिल्लाबीच पुलको काम गर्ने बताए । पार्टीले अधि सारेको नीति, कार्यदिशा र जनमतसङ्ग्रहलाई जनताको माँझ पुर्याउने र जनतालाई दलाल संसदीय व्यवस्थाका मतियारको भ्रमबाट सचेत गराउने काम पनि गर्ने उनको भनाई थियो ।

आजसम्म २५ जिल्लामा सम्पन्न भइसकेको र हुम्ला/मुगु गरि २७ जिल्लामा गठन भएको समेत जनगणतान्त्रिक मञ्चका केन्द्रीय महासचिव पुण श्रेष्ठले जानकारी दिए । उनले यस मञ्चले केन्द्र र जिल्लाबीच मुख्य पुलको काम गर्ने पनि बताए ।

कार्यक्रमको अन्त्यमा मुगु–काठमाडौँ जनगणतान्त्रिक सम्पर्क मञ्चका नवनिर्वाचित संयोजक बिर्खले अहिलेका दलाल संसदीय व्यवस्थाका नालायकविरुद्ध सशक्त बिद्रोह गर्दै दलाल संसदीय व्यवस्थाको पराकाष्ठाका विरुद्ध वैज्ञानिक समाजवाद स्थापना गर्न पार्टीले घोषणा गरेको जनमतसङ्ग्रहको विषयलाई जनताका बीच पुर्याउने तथा केन्द्र र जिल्लाबीच महत्वपूर्ण पुलको काम गर्ने बताए । साथै उनले जिल्ला तथा केन्द्रको सहयोगमा काठमाडौँमा बसोबास गर्ने अध्यनरत विद्यार्थी, व्यवसायी साथीहरूका समस्यालाई हल गर्ने र पार्टीलाई सशक्त रूपमा अघि बढाउन यस मञ्चको तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धतासमेत जनाए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :