जनता समाजवादी पार्टीका नेता यादव नेकपामा प्रवेश

जनता समाजवादी पार्टीका नेता यादव नेकपामा प्रवेश

दाङ : दाङमा पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्नेको सङ्ख्या बढिरहेको छ । यसै सन्दर्भमा जनता समाजवादी पार्टी देउखुरी गढवाका प्रभावशाली नेता सीता राम यादव नेकपामा प्रवेश गरेका हुन् ।

केही समयअघि मात्रै राष्ट्रिय जनमुक्ति पार्टीका नेता आशिष बिक पनि नेकपा प्रवेश गरेका थिए । जनता समाजवादी पार्टी देउखुरी गढवाका प्रभावशाली नेता सीता राम यादवले संसदीय व्यवस्थाबाट जनता र राष्ट्रको मुक्ति नहुने भन्दै सच्चा कम्युनिस्ट पार्टी नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेको प्रेस विज्ञप्तिमार्फत जनाएका छन् । उनले एक प्रेस विज्ञप्ति जारी गर्दै २०६२ सालदेखि मधेशी जनअधिकार फोरम नेपालमा काम गर्दै उक्त पार्टीको दाङ जिल्ला कार्यसमिति उपाध्यक्ष र युवा अध्यक्षसमेत रहेका तथा पछिल्लो समय सङ्घीय समाजवादी पार्टी हुँदै जनता समाजवादी पार्टीमा सक्रिय रहि काम गर्दै आएका देउखुरी गढवाका प्रभावशाली नेता सीता राम यादवले नेकपामा प्रवेश गरेको जनाएका छन् ।

यादवले जसपाले नेपाली जनतालाई ठूलो घात गर्ने भारतीय दलालहरूलाई पार्टीमा समाबेश गरेकोले पार्टी छोडेर संसदीय व्यवस्था खारेज तथा जनमतसङ्ग्रहमार्फत वैज्ञानिक समाजवाद स्थापनाको नीति सही रहेको भन्दै तीन करोड नेपाली जनताको जनमुखी बिकास, भ्रष्टाचारीहरूको कारवाही र जनसरकार निर्माणका लागि समेत पार्टी प्रवेश गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :