‘अर्घा सांस्कृतिक परिवार’ अर्घाखाँचीको संयोजकमा पदम नेपाली

‘अर्घा सांस्कृतिक परिवार’ अर्घाखाँचीको संयोजकमा पदम नेपाली

सन्धिखर्क : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घ अन्तर्गत अर्घाखाँचीमा ‘अर्घा सांस्कृतिक परिवार’ को तेस्रो जिल्ला भेला सम्पन्न भएको छ ।

भेलाले पदम नेपालीको संयोजकत्वमा २१ सदस्यीय कमिटी गठन गरेको छ । जसको सह–संयोजकमा गिता नेपाली रहेका छन् भने सदस्यहरूमा राज खड्का, रचना सुनार, मन्दिरा मगर, गणेश बिक, बिजय नेपाली, रोशन नेपाली, सीता मुखिया, सन्जु सुनार, अर्जुन सुनार, रबिन नेपाली, कबिता नेपाली, जुना नेपाली, सङ्गीता नेपाली, रबिन नेपाली, गणेश नेपाली, बिजय नेपाली र प्रेम बिश्वाकर्मा रहेका छन् ।

भेलालाई सम्बोधन गर्दै नेकपा अर्घाखाँचीका सेक्रेटरी खेम घर्तीले सांस्कृतिक हस्तक्षेपबिरूद्व गीत सङ्गीतमार्फत निरन्तर सङ्घर्ष गर्नुपर्ने बताए । उनले पार्टीको नयाँ कार्यनीति प्रगतिशील संयुक्त सरकार र जनमतसङ्ग्रह हुँदै वैज्ञानिक समाजवादको राजनीतिक लक्ष्य पूरा गर्न परिवारको भूमिका अग्रणी हुने बताए । यस्तै भेलामा नेकपाका जिल्ला नेता गोबिन्द खनाल, अखिल (क्रान्तिकारी) जिल्ला इन्चार्ज नवीन खड्का, जनपत्रकार सङ्गठन नेपाल जिल्ला अध्यक्ष आयन बिक, अखिल (क्रान्तिकारी) जिल्ला अध्यक्ष बाबुराम एसकेले बोलेका थिए ।

पदम नेपालीको अध्यक्षता, सरू सुनारको सञ्चालन र रचना बिकको स्वागत रहेकोे थियो । अर्घा सांस्कृतिक परिवार २०५९ सालमा गठन भएको थियो । परिवारले जनयुद्धकालमा अर्घाखाँचीमा सांस्कृतिक क्षेत्रबाट महत्वपूर्ण भूमिका खेलेको थियो । नबनिर्वाचित संयोजक पदम नेपालीले जिल्लामा नयाँ सांस्कृतिक आन्दोलनलाई अगाडि बढाउने बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :