पञ्चदेवल विनायक नगरपालिकाको नगरभेला सम्पन्न

पञ्चदेवल विनायक नगरपालिकाको नगरभेला सम्पन्न

अछाम : नेपाल कम्युनिस्ट पार्टी जिल्ला सङ्गठन समिति अछामले सञ्चालन गरेको सुदृढ जनसम्बन्ध तथा सङ्गठन बिस्तार अभियान अन्तरर्गत जिल्लाको पञ्चदेवल बिनायक नगरपालिकाको नगर कमिटीको पहिलो पूर्ण बैठक सम्पन्न भएको छ ।

पार्टीका एरिया सचिव एमबि चलाउनेको अध्यक्षतामा बसेको बैठकमा पार्टी जिल्ला सचिव तपेन्द्र तिमिल्सेनाको प्रमुख आतिथ्यता, जिल्ला सचिव लोकेन्द्र शाही, जिल्ला सचिवालय सदस्य तथा आर्थिक बिभाग प्रमुख निरक शाही, रामारोशन गाउँपालिका इन्चार्ज बिज्ञान, जनस्वयमसेबक उदय कसेरा, अखिल नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका जिल्ला सदस्य बखत शाही र जनपत्रकार सङ्गठन नेपाल अछामका जिल्ला उपाध्यक्ष सुरेश रावत लगायत पार्टीका नेताकार्यकर्ताको उपस्थितिमा शनिबार पञ्चदेवल बिनायकको बिनायक बजारमा सम्पन्न भएको हो ।

नेपाल कम्युनिस्ट पार्टीले अगाडि सारेको कार्यनीति प्रगतिशील संयुक्त सरकार र वैज्ञानिक समाजवाद क्रान्तिकारी कार्यभार व्यापक रुपमा प्रचारप्रसार गर्ने, अन्तरक्रिया बहस गर्ने, नगरपालिकामा भएको अनियमितता, भ्रष्टाचार, बेरुजोको बिषयमा सशक्त आन्दोलन गर्ने र अभियानलाई निरन्तरता दिने जस्ता महत्वपूर्ण निर्णय गरेको छ । पार्टीको पछिल्लो कार्यनीतिको मर्म र स्प्रिडलाई आत्मसात गर्दै भ्रष्टाचार, कालोबजारी, तस्करी, लागुऔषध सेवन बिक्रीवितरण र उत्पादन यौन व्यभिचार र लघुबित्तिय सस्थाको ब्रम्हलुटको बिरुद्ध केन्द्रित गर्ने लगायतका निर्णय गरेको छ । साथै उक्त बैठकले सज्जन धामी, चट्टान इन्चार्ज र एमबि चलाउने ‘सङ्गम’ सचिव रहनेगरी १३ सदस्यीय नगर कमिटी निर्माण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :