जनगणतान्त्रिक सम्पर्क मञ्चको प्रशिक्षण तथा बैठक सम्पन्न

जनगणतान्त्रिक सम्पर्क मञ्चको प्रशिक्षण तथा बैठक सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समितिको प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ ।

शनिबार भएको उक्त प्रशिक्षण तथा बैठक सङ्गठनका केन्द्रीय अध्यक्ष रत्न मगरको अध्यक्षतामा पार्टीका सचिवालय सदस्य तथा प्रवक्ता प्रकाण्डको प्रमुख आतिथ्यता र फ्र्याक्सन इन्चार्ज मिलनको उपस्थितिमा सम्पन्न भएको हो ।

पार्टी प्रवक्ता प्रकाण्ड र फ्याक्सन इन्चार्ज मिलनले समसामयिक बिषयमा गहन प्रशिक्षण दिएका थिए भने उक्त बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरूसमेत गरेको प्राप्त समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :