भारतीय हस्तक्षेपविरुद्ध नवलपुरमा प्रदर्शन

भारतीय हस्तक्षेपविरुद्ध नवलपुरमा प्रदर्शन

नवलपुर : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल, नवलपुर र अखिल (क्रान्तिकारी) नवलपुरको संयुक्त आयोजनामा जिल्लाको कावासोती नगरपालिकास्थित डण्डा बजारमा विरोध कार्यक्रम सम्पन्न भएको भएको छ ।

देशव्यापी कार्यक्रम अन्तर्गत जयसिंह धामीको हत्या, भारतीय सिमा हस्तक्षेप, भारतीय विदेश मन्त्रालयका प्रवक्ताको हेपाहा र आपत्तिजनक अभिव्यक्ति, सिमा क्षेत्रमा भारतीय हवाइगस्तीविरुद्ध विरोध प्रदर्शन हो । जयसिंह धामीलाई न्याय दे, भारतीय हस्तक्षेप मुर्दावाद, दलाल संसदीय व्यवस्था मुर्दावाद, वैज्ञानिक समाजवादी व्यवस्था जिन्दावाद, वीर सहिदहरू लाल सलाम लगायतका नारा लगाउँदै कार्यक्रम कोणसभामा परिणत भएको थियो ।

युवा सङ्गठन नेपाल चौथो आयोजक समितिका केन्द्रीय सदस्य तथा लुम्बिनी ब्युरो इन्चार्ज विश्लेषणले कार्यक्रमलाई सम्बोधन गर्दै वर्तमान दलाल सरकारका कारण सुरक्षा निकायहरू समेत राष्ट्रियताको विषयमा मुकदर्शक बनेको बताउँदै आफ्नो पार्टी र सङ्गठन भारतीय हस्तक्षेपबिरुद्ध चुप लागेर नबस्ने चेतावनी दिँदै यसको विकल्प वैज्ञानिक समाजवादी व्यवस्थाको पक्षमा एकजुट हुन आह्वान् गरे ।

कार्यक्रममा जिल्ला सेक्रेटरी शितल, युवा सङ्गठन नेपाल, नवलपुरका अध्यक्ष अविनास लगायत स्थानीय नेता युवा, विद्यार्थी कार्यकर्ताको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी) का अध्यक्ष स्वरूपले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :