प्रवक्त प्रकाण्डद्वारा वाढीपहिरोबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त

‘वाढीपहिरो पीडितलाई यथासिघ्र पुर्नवास र राहतको व्यवस्था गर’

प्रवक्त प्रकाण्डद्वारा वाढीपहिरोबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले वाढी र पहिरोमा परि ज्यान गुमाउने सबै मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पणसहित मृतकका आफन्तजनहरूप्रति गहिरो समवेदना व्यक्त गरेको छ । साथै वाढी र पहिरोका कारण पुर्व पश्चिम राजमार्गको दाउन्ने र गैडाकोटमा सडक अवरुद्ध भई यात्रुहरूले भोग्नुपरेको सास्तीप्रति गम्भीर रुपमा ध्यान आकर्षित भएको भन्दै अवरुद्ध सडकलाई तदारुकताका साथ मर्मत र सञ्चालन गरि जनताको यात्रालाई सहज बनाउन नेपाल सरकारसँग जोडदार माग गरेका छ ।

प्रवक्ता प्रकाण्डले शनिबार विज्ञप्तिमार्फत पहिरो पीडित परिवारहरूको पुर्नवास र आवश्यक राहतको यथासिघ्र व्यवस्था गर्न नेपाल सरकारसँग विशेष माग गर्दै बाढी पहिरोबाट पिडितहरूको उद्धार, राहात र सुरक्षित पुर्नवासको व्यवस्थापनको कार्यमा लाग्न सम्वन्धित जिल्ला पार्टीलाई निर्देशनसमेत दिएका छन् ।

प्रवक्ता प्रकाण्डले विज्ञप्तिमा भनेका छन्, ‘भादौ १७ गते राती पहिरोका कारण पर्वत जिल्ला कुश्मा नगरपालिका वार्ड न ३ दुर्लङमा माधव शर्माको घर भत्किँदा ७५ बर्षीय शिला पौडेल, ३५ बर्षीय भवगती पौडेल, ११ बर्षीय विनिता पौडेल र ९ बर्षीय विनोद पौडेलको दुःखद निधन हुन गयो । कुश्मा ११ चिम्लीमा मनीलाल पौडेलको घर भत्किँदा ३८ बर्षीय दुर्गा पौडेल र ६ बर्षीय गणेश पौडेलको मृत्यु हुन पुगेको छ । कुश्मा ११ पकुवा चिम्लेमा पहिरोमा परि माया कुमारी पौडेल र उनका ३ बर्षीय छोरा प्रयास पौडेलको मृत्यु हुन पुग्यो । पहिरोमा बेपत्ता ७० बर्षीय डिल्लीपाध्य पौडेलेको पनि दुःखद् मृत्यु हुन पुग्यो ।’

प्रकाण्डले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘यसरी पहिरोमा परि ज्यान गुमाउने सवै मृतकहरूप्रति हाम्रो पार्टी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै मृतकका आफन्तजनहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछ । पीडित परिवारहरूको पुर्नवास र आवश्यक राहतको यथासिघ्र व्यवस्था गर्न नेपाल सरकारसँग पार्टी विशेष माग गर्दछ । पहिरोबाट पीडितहरूको उद्धार, राहात र सुरक्षित पुर्नवासको व्यवस्थापनको कार्यमा लाग्न सम्वन्धित जिल्ला पार्टीलाई निर्देशन पनि गर्दछ ।’

प्रवक्ता प्रकाण्डले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘वाढी र पहिरोका कारण पुर्व पश्चिम राजमार्गको दाउन्ने र गैडाकोटमा सडक अवरुद्ध भई यात्रुहरूले भोग्नुपरेको सास्तीप्रति पार्टीको ध्यान गम्भीर रुपमा आकर्षित भएको छ । अवरुद्ध सडकलाई तदारुकताका साथ मर्मत र सञ्चालन गरि जनताको यात्रालाई सहज बनाउन नेपाल सरकारसँग पार्टी जोडदार माग गर्दछ ।’ प्रेस विज्ञप्तिको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :