अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घको बैठक सम्पन्न

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घको बैठक सम्पन्न

काठमाडौँ : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ सातौँ राष्ट्रिय सम्मेलन आयोजक समितिको चौथो पूर्ण बैठक सम्पन्न भएको छ । “श्रमिक अधिकार, पूर्ण न्याय र समानताको लागि सातौँ राष्ट्रिय सम्मेलन” भन्ने मुल नाराको साथ नेकपाका केन्द्रीय सचिवालय सदस्य तथा पार्टी प्रवक्ता प्रकाण्डको प्रमुख आतिथ्यता र पार्टीका केन्द्रीय सदस्य तथा मजदुर फ्याक्शन इन्चार्ज मिलनको विशेष उपस्थितिमा यहि असोज १६, १७ र १८ गते ऐतिहासिक नगरी काभ्रे जिल्लाको बनेपामा भव्य रूपमा सम्पन्न भएको हो ।

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ सातौँ राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक बिनोद थापाले शनिबार विज्ञप्तिमार्फत उक्त बैठकबाट भएका महत्वपूर्ण निणयहरू सार्वजनिक गरेका छन् । क्रान्तिकारी मजदुर आन्दोलनलाई नयाँ उचाइँमा उठाई सङ्गठनलाई अझ थप व्यवस्थित गर्न, विश्व श्रमिक आन्दोलनसँग परिचित बन्दै मजदुर आन्दोलनमा देखिएको खराबीपूर्ण विचलन, जुझारु अर्थवाद, ट्रेड युनियनवाद र वर्गसमन्वयवादविरुद्ध भण्डाफोर गर्दै अघि बढ्न जरुरी रहेको विज्ञप्तिमार्फत बताएका हुन् ।

संयोजक बिनोद थापाको विज्ञप्तिमा भनिएको छ, ‘लाखौँ श्रमिक, मजदुरहरूको एकमात्र आसा र भरोसाको केन्द्र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घको सातौँ राष्ट्रिय सम्मेलन आयोजक समितिको चौथो पूर्ण बैठक महासङ्घका केन्द्रीय संयोजक विनोद थापाको अध्यक्षतामा हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सचिवालय सदस्य तथा पार्टी प्रवक्ता कमरेड प्रकाण्डको प्रमुख आतिथ्यता र पार्टीका केन्द्रीय सदस्य तथा मजदुर फ्याक्शन इन्चार्ज क. मिलनको विशेष उपस्थितिमा सम्पन्न भएको छ । दलाल संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवाद स्थापनाको लागि हाम्रो आन्दोलन “श्रमिक अधिकार, पूर्ण न्याय र समानताको लागि सातौँ राष्ट्रिय सम्मेलन” भन्ने मुल नाराको साथ सातौँ राष्ट्रिय सम्मेलन यहि असोज १६, १७ र १८ गते ऐतिहासिक नगरी काभ्रे जिल्लाको बनेपामा भव्य रूपमा सम्पन्न गर्ने निर्णय लिएको छ ।’

संयोजक थापाको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘आदरणीय श्रमिक साथीहरू दलाल संसदीय व्यवस्थाको कारण श्रमिक वर्गको न्यूनतम् अधिकारसम्म खोसिन पुगेको छ । श्रमिक बिरोधी श्रम ऐन लागू गरि “हायर एण्ड फायर, नो वर्क नो पे” ज्यालादारी ठेकदारी करार प्रथामार्फत् श्रमिकहरूमाथि नयाँ दासत्व लगाइएको छ । औद्योगिक क्षेत्रहरूमा औद्योगिक सुरुक्षा बल गठन गरि राज्यले मजदुर अधिकारको लागि सङ्घर्ष गर्न पाउने संवैधानिक न्यायपूर्ण ट्रेड युनियन अधिकारलाई समेत बञ्चित गरेको छ । उचित स्वास्थ्य शिक्षा रोजगारको अभावमा पिरोल्लिई रहेका श्रमिहरू पछिल्लो चरण कोरोना महामारीको जर्जर चपेटामा परी जागिरबाट बिस्थापित बन्न पुगेका छन् भने मजदुरहरूको जागिर खोसिएको छ । व्यवस्थित गास र बासको अभावमा भौतारीरहेका लाखौँ मजदुरहरूको एक मात्र बिकल्प भनेको आफ्नो हक अधिकारको लागि सङ्घर्ष गर्नु नै आजको अपरिहार्य आवश्यक्ता बन्न गएको छ । यसको लागि क्रान्तिकारी मजदुर आन्दोलनलाई नयाँ उचाइँमा उठाई सङ्गठनलाई अझ थप व्यवस्थित गर्न, विश्व श्रमिक आन्दोलनसँग परिचित बन्दै मजदुर आन्दोलनमा देखिएको खराबीपूर्ण विचलन, जुझारु अर्थवाद, ट्रेड युनियनवाद र वर्गसमन्वयवादविरुद्ध भण्डाफोेर गर्दै अघि बढ्न जरुरी छ ।’

बिनोद थापाको विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘यसका साथै मजदुर मैत्री समाजको निर्माणका निमित्त नेपाल कम्युनिस्ट पार्टीले लिएको एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत् वैज्ञानिक समाजवादी व्यवस्था स्थापना, जसको निमित्त जनमतसङ्ग्रहको एजेण्डालाई सर्वोपरी ठान्दै सङ्घर्ष गर्नु नै हाम्रो अर्को प्रमुख कार्यभार बनेको छ । मजदुर वर्गको दीर्घकालिन हितका निम्ति आसन्न ऐतिहासिक सातौँ राष्ट्रिय सम्मेलनको सार्थकता झन् बढेको महशुस पनि भएको छ । अतः व्यापक ध्रुविकरण र विद्रोहको निमित्त तयार रहँदै क्रान्तिकारी मजदुर सङ्गठनमा गोलबन्द हुन न्यायप्रेमी श्रमिक मित्रहरूमा यसै विज्ञप्तिमार्फत हार्दिक अनुरोध गर्दछु ।’ विज्ञप्तिको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :