आयल निगम अगाडि अखिल क्रान्तिकारीको नवलपुरमा प्रदर्शन

आयल निगम अगाडि अखिल क्रान्तिकारीको नवलपुरमा प्रदर्शन

नवलपुर : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) नवलपुरले जिल्लाको देवचुली नगरपालिकाको आयल निगम अगाडि विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । बिरोध प्रदर्शनमा विद्यार्थी नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । पेट्रोलियम पदार्थ लगायत दैनिक उपभोग्य बस्तुको निरन्तर मूल्यबृद्धि हुँदा आम जनमानसमा गम्भीर प्रभाव पारेको भन्दै उक्त सङ्गठनले बिरोध गरेको हो ।

विरोध कार्यक्रममा पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता गर्, दलाल संसदीय व्यवस्था मुर्दावाद, वैज्ञानिक समाजवादी व्यवस्था जिन्दावाद, एकीकृत जनक्रान्ति जिन्दावाद जस्ता नारा लगाउँदै बिरोध गरिएको थियोे । विगतदेखि वर्तमानसम्मका संसदीय व्यवस्थाको आडमा बनेको कुनै पनि सरकारले जनताको समस्या हल गर्न नसकेको भन्दै विद्यार्थीहरू सचेत भएर वैज्ञानिक समाजवादका लागि जनमत सिर्जना गर्न र एकीकृत जनक्रान्तिको बाटोमा लामबद्ध हुन आग्रह गरिएको थियो ।

राष्ट्रियता र जनजिविकाको पक्षमा उक्त सङ्गठनले देशव्यापी रुपमा आवाज उठाउँदै आएको छ । कोभिडको विषम परिस्थितिमा समेत उक्त सङ्गठन निरन्तर सांगठनिक काममा अग्रसर देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :