अखिल (क्रान्तिकारी) का पूर्व केन्द्रीय सदस्य उषाकिरणको घरमा पक्राउ पुर्जी टाँस

अखिल (क्रान्तिकारी) का पूर्व केन्द्रीय सदस्य उषाकिरणको घरमा पक्राउ पुर्जी टाँस

काठमाडौँ : अखिल (क्रान्तिकारी) का पूर्व केन्द्रीय सदस्य उषाकिरण आजादको दैलेख, लकान्द्र स्थित घरमा प्रहरीले १५ दिने अल्टिमेटम सहित पक्राउ पुर्जी टाँसेको छ ।

घरमा पक्राउ पुर्जी लिएर आएका प्रहरीहरूले घरपरिवारलाई धम्की समेत दिएको परिवारले बताएका छन् । गत फागुण २१ मा नेपाल कम्युनिस्ट पार्टी र सरकारसँग भएको तीन बुँदे सहमतिमा सरकारले नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तामाथि लगाइएका सबै मुद्दा फिर्ता लिने सहमति भएको थियो । सरकारले सम्पूर्ण नेता कार्यकर्ता ससम्मान रिहा गर्ने सहमति गरेपनि अझैँसम्म रिहा गरेको छैन ।

नेपाल कम्युनिस्ट पार्टीसँग सरकारले आफैले गरेको सम्झौता पालना नगरेको भन्दै सरकारको चौतर्फी आलोचना भइरहेको छ । नेपाल कम्युनिस्ट पार्टीले झुट्टा मुद्दा लगाइएका नेता कार्यकर्ताको यथासिघ्र एवं ससम्मान रिहाई, प्रगतिशील संयुक्त सरकार, वैज्ञानिक समाजवाद र दलाल संसदीय पूजीवादी व्यवस्थाका बिचमा जनमत संग्रहको आफ्नो राजनीतिक कार्यनीति अगाडि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :