नेकपा ललितपुरद्वारा महालक्ष्मी नगर समितिको बैठक सम्पन्न

नेकपा ललितपुरद्वारा महालक्ष्मी नगर समितिको बैठक सम्पन्न

ललितपुर : नेपाल कम्युनिस्ट पार्टी ललितपुर जिल्ला अन्तरगत महालक्ष्मी नगर समितिको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ । बैठक महालक्ष्मी नगर समिति सेक्रेटरी प्रतिबद्धको अध्यक्षता र ललितपुर जिल्ला सेक्रेटरी रमेश डंगोलको विशेष उपस्थितिमा सम्पन्न भएको हो । साथै उक्त बैठकले १५ सदस्यीय नगर समिति चयन गरेको छ ।

आगामी तीनमहिने सङ्गठन सुदृढ, विस्तार तथा सचेतना अभियान सञ्चालन गर्ने निर्णय गर्नुको साथै राष्ट्रियता, जनतन्त्र र जनजिविकाको पक्षमा सबै जनतालाई सचेत गराउँदै भ्रष्टाचार, कालो बजारी, मूल्यबृद्धि कमिशनखोर, माफिया लगायत राष्ट्रघात र दलालीकरणको विरुद्ध निर्मम सङ्घर्ष गर्दै एकीकृत जनक्रान्तिमार्फत जनमतसङ्ग्रह हुँदै वैज्ञानिक समाजवादको पक्षमा आम जनतालाई सुसूजित सङ्गठित गर्दै अघि बढ्ने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :