म्याग्दीमा भएको घटनाप्रति युवा संगठनको गम्भीर ध्यानाकर्षण

म्याग्दीमा भएको घटनाप्रति युवा संगठनको गम्भीर ध्यानाकर्षण

तातोपानी: युवा संगठन नेपालले धौलागिरी ब्युरो अन्तरगत म्याग्दीमा रहेको जिल्ला संगठनको कार्यालयमाथि बुधबार मध्यराति तोडफोड भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

युवा संगठन नेपालका संयोजक पाटन जंगलीले एक प्रेस विज्ञप्ती जारी गरी संगठनको जिल्ला कार्यालयमा बुधबार मध्य राति स्थानीय दलाल र तिनका लठ्ठयत गुण्डाहरुबाट तोडफोड गर्नुका साथै साइनबोर्ड र झण्डा समेत च्यात्ने तथा जलाउने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै उक्त घटनाको जाँचबुझ तथा कार्यालयको अवस्था बुझ्न घटनास्थल गएका संगठनका धरौलागिरी इन्चार्ज इन्द्र, म्याग्दी जिल्ला अध्यक्ष नविन लगायत ५ जना सदस्यमाथि सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाएको बताएका छन् । उक्त घटनाको उचित छानबिन गरी दोषीहरुलाई कानुनी कठघरामा ल्याउन सम्बन्धित पक्षको उनले ध्यानाकर्षण गराएका छन् ।

विज्ञप्तीमा भनिएको छ,–‘घटनाको विषयमा जाँच बुझ गर्दै गर्दा, दलालहरुबाट संचालित गुण्डाहरु पूर्व योजना मुताविक घेरा हाली हाम्रा कमरेडहरुमाथी सांघातिक आक्रमण गरेका छन् । उक्त घटनाप्रति हाम्रो संगठन खेद प्रकट गर्दछ । यस्ता प्रकारका घटनाहरुलाई तुरुन्त रोक्न हाम्रो संगठन चेतावनी दिन्छ । अन्यथा संगठनका कुनै पनि सदस्य माथी गरिने आक्रमणको उचित जवाफ संगठनले दिनेछ ।’

प्रेस विज्ञप्तीको पूरा पाठ –
हाम्रो महान तथा गौरबशाली संगठन युवा संगठन नेपालको धौलागिरी ब्युरो अन्तरगत म्याग्दी जिल्लाको बेनी नगरपालिका ४ तातोपानीमा रहेको संगठनको जिल्ला कार्यालय माथी २०७८र५र२ गत्ते मध्य राति ९२ बजे० स्थानीय दलालहरु र तिनका लठ्ठयत गुडाहरुबाट संगठनको जिल्ला कार्यलय तोडफोड गर्नुका साथै साइनबोर्ड र झण्डा समेत च्यात्ने तथा जलाउने कार्य भएको छ । उक्त कार्यप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । २ गत्ते राति भएको घटनाको जाँचबुझ तथा कार्यलयको अवस्था बुझ्न घटना स्थाल जानु भएका संगठनका केन्द्रिय सदस्य तथा धौलागिरी ब्युरो र गण्डक ब्युरोका इन्चार्ज क। इन्द्र, म्याग्दी जिल्ला अध्यक्ष क। नवीन लगायत पाँच जना कमरेडहरु माथी सांघातिक आक्रमण गरि गम्भीर घाइते बनाएका छन् । घटनाको विषयमा जाँच बुझ गर्दैगर्दा, दलालहरुबाट संचालित गुण्डाहरु पुर्ब योजना मुताबिक घेरा हाली हाम्रा कमरेडहरु माथी सांघातिक आक्रमण गरेका छन् । उक्त घटनाप्रति हाम्रो संगठन खेद प्रकट गर्दछ । यस्ता प्रकारका घटनाहरुलाई तुरुन्त रोक्न हाम्रो संगठन चेतावनी दिन्छ । अन्यथा संगठनका कुनै पनि सदस्य माथी गरिने आक्रमणको उचित जवाफ संगठनले दिने छ । अन्तस् तातोपानीमा भएको घटनाको उचित छानबिन गरि दोषीहरुलाई कानुनी कठघरामा ल्याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गर्दछौँ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :