महासचिव विप्लवद्वारा जीवनारायण कँडेलप्रति श्रद्धाञ्जली

महासचिव विप्लवद्वारा जीवनारायण कँडेलप्रति श्रद्धाञ्जली

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घका अध्यक्ष टीका कँडेलका बुबा जीवनारायण कँडेलप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गरेका छन् । महासचिव विप्लवले बिहीबार शोक वक्तव्य जारी गरी भनेका छन्, ‘अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घका अध्यक्ष क. टीका कँडेलका बुबा जीवनारायण कँडेलको ८७ वर्षको उमेरमा आफ्नै घर गजुुरी २ धादिङमा भएको निधनले हामीलाई दुुःखी तुुल्याएको छ ।’

मृतकप्रति श्रद्धाञ्जली र मृतकका आफन्तप्रति समवेदना व्यक्त गर्दै महासचिव विप्लवले भनेका छन्, ‘दुुःखको यस घडीमा मृतक बुबाप्रति हाम्रो पार्टी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’ शोक वक्तव्यको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :