हुम्लामा संगठन सुदृढ तथा विस्तार अभियान तीब्र, २१ जना युवाहरु नेकपामा प्रवेश

हुम्लामा संगठन सुदृढ तथा विस्तार अभियान तीब्र, २१ जना युवाहरु नेकपामा  प्रवेश

नेपाल कम्युनिष्ट पार्टी हुम्लाले संगठन सुदृढ तथा विस्तार अभियानलाई व्यापक बनाएको छ । अभियानका क्रममा पार्टी संगठन निर्माणसँगै पार्टी ध्रुबीकरणको लहर बढेको नेकपा हुम्लाले जनाएको छ ।

हुम्लाको सर्कीगाड र चंखेली गाउँपालिकामा संचालित अभियान भव्य स्वागत एवं जनतामा ब्यापक जनसम्बन्ध विस्तार भएको छ । अभियानकै क्रममा विभिन्न पार्टी परित्याग गरी २१ जना युवाहरु नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा हुम्ला इन्चार्ज संगम र पार्टीका जिल्ला सेके्रटरी सिद्धान्त र जिल्ला सदस्य निर्माण र भेरी कर्णाली जनसाँस्कृतिक परिवारको सहभागिता रहेको छ । हुम्लामा अभियान टिम ३० जनाको रहेको छ ।

अभियानका क्रममा जनताहरुले दलाल व्यवस्थाले जनतालाई लुट मचाएको, चरम भ्रष्टचार बढेको, नयाँ व्यवस्थाको खोजी गर्नुपर्ने, अब कुनै पनि पार्टी र व्यक्तीलाई भोट नदिने सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :