नेकपा धनुषाले सहिद रामवृक्ष यादवको २७ औँ स्मृति दिवस मनायो

नेकपा धनुषाले सहिद रामवृक्ष यादवको २७ औँ स्मृति दिवस मनायो

धनुषा: नेपाल कम्युनिष्ट पार्टी धनुषा जिल्लाको आयोजनामा सहिद रामवृक्ष यादवको २७ औँ स्मृति दिवस एक कार्यक्रमका बिच मनाइएको छ । गणेशमान चारनाथ वडा नं. ८ पोर्ताहामा भएको कार्यक्रमा पार्टीका केन्द्रिय सदस्य तथा धनुषा महोत्तरी इन्चार्ज देवनारायणको प्रमुख आतिथ्यता रहेको थियो ।

पार्टी जिल्ला सदस्य तथा नगर सेक्रेटरी रामजी संचालन, महेन्द्र मण्डलको स्वागत मन्तव्य राखेको कार्यक्रममा राजकुमरी महरा लगायत पार्टी सदस्यहरुको सहभागितातामा महान सहिद रामवृक्ष यादवको २७ औं स्मृति दिवस भव्य रुपमा मनाइएको हो । उक्त कार्यकममा बोल्दै प्रमुख अतिथि देवनारायणले प्रगतिशिल संयुक्त सरकार कायम गरी वैज्ञानिक समाजवाद र दलाल संसदीय व्यवस्थाको विषयमा जनमत संग्रह गर्नुपर्ने अवस्थाको सृजना भए दलाल ससदीय व्यवस्थाको अन्त्य सुनिश्चित भएको बताए । उनले भने, -`नक्कली कम्युनिष्ट भनाउदाका पार्टी र दलाल संसदीय बुर्जुवा पुँजिवादी पार्टीका मतियार नेपाली कांग्रेस लगायतका दलहरुको गलत राजनीतिको अन्त्य हुने हुँदा जनमत संग्रहबाट पछि हटिरहेको छ ।`

उत्पीडित श्रमिक जनताकाे राज्यसत्ता वैज्ञानिक समाजवादको लागि आफ्नो कम्युनिष्ट पार्टीले जुनसुकै मुकाबिला बेहोर्ने तर पछि नहट्ने ठोकुवा गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :