दलित मुक्ति मोर्चा, नेपाल काठमाडौँको बैठक सम्पन्न

दलित मुक्ति मोर्चा, नेपाल काठमाडौँको बैठक सम्पन्न

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति मोर्चा, नेपाल जिल्ला समिति काठमाडौँको प्रथम बैठक मङ्गलबार सम्पन्न भएको छ । बैठक नन्दसिंह बिकको अध्यक्षतामा मोर्चाका केन्द्रीय महासचिव तथा पार्टीका केन्द्रीय सदस्य रामलाल विश्वकर्माको प्रमुख आतिथ्यता एवम् काठमाडौँ जिल्ला सेक्रेटरीको बिशिस्ट अतिथिमा सम्पन्न भएको हो ।

बैठकमा मोर्चाका केन्द्रीय सदस्य एवम् दलित मुक्ति मोर्चा, नेपाल काठमाडौँ जिल्ला इन्चार्ज प्रज्वलले बैठकको औचित्य तथा आगामी कार्ययोजनाबारे प्रष्ट पारेका थिए । त्येसैगरी मोर्चाका केन्द्रीय महासचिव तथा पार्टी केन्द्रीय सदस्य रामलाल विश्वकर्माले बैठकमा उपस्थित सबैलाई प्रशिक्षण दिँदै नेपालको वर्तमान राजनीतिबाट पैदा भएको सङ्कटले देश नाङ्गिदै गएको बताए । उनले दलाल संसदीय व्यवस्थाबाट सम्पूर्ण उत्पीडित समुदायको मुक्ति नहुने र यसको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नुपर्ने बताए । विश्वकर्माले वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि एकरूपता भएर अगाडि बढ्न सबैलाई आह्वान् गरे । साथै उनले एकीकृत जनक्रान्तिको कार्यादिशाबाट वैज्ञानिक समाजवाद ल्याएरै छोड्ने बताए ।

बैठकमा उठेका विविध विषयमा बोल्दै काठमाडौँ जिल्ला सेक्रेटरी तुलसी नारायणले पार्टीको कार्ययोजनाबारे जानकारी गराए । जनसेवा तथा सङ्गठन बिस्तारमा सशक्त भएर अधि बढ्न सबैलाई अनुरोध गरे । उनले जातीय तथा वर्गीय मुक्तिको लागि अधिकार कसैसँग मागेर प्राप्त नहुने पनि बताए । साथै त्यसका लागि बिद्रोह तथा क्रान्ति गरेर मात्रै प्राप्त हुने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :