जिल्ला प्रशासनले घटनालाई ढाकछोप गर्न खोजेको भन्दै नेकपा दार्चुलाको आपत्ति

घटनाको निष्पक्ष छानबिन गर्न माग

जिल्ला प्रशासनले घटनालाई ढाकछोप गर्न खोजेको भन्दै नेकपा दार्चुलाको आपत्ति

नेपाल कम्युनिष्ट पार्टी दार्चुलाले जिल्ला प्रशासन कार्यालय दार्चुलाले भ्रमपुर्ण विज्ञप्ति प्रकाशन गरेको भन्दै आपत्ति जनाएको छ। दार्चुलाको व्यास गाउँपालिका २ का जयसिंह धामीको तुइन तर्ने क्रममा भारतीय सिमा सुरक्षा बलका जवानले तुइन काटेर बेपत्ता भएको घटनालाई ढाकछोप गर्नेगरि विज्ञप्ति प्रकाशन गरेको भन्दै प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई भेटेर आपत्ति जनाएको हो ।

धामीसंगै तुइन तरेका, प्रत्यक्षदर्शी र स्थानिय समुदायले सिमा सुरक्षा बलले तुइन काटेको बताइरहँदा पनि दुई देशको सम्बन्धमा खलल पुग्ने बहानामा घटनालाई ढाकछोप गर्न खोजेको नेकपा दार्चुला सेक्रेटरी भरत मल्ल “आखिर”ले बताए। भेटमा ढाकछोप गर्ने आफूहरूको उद्देश्य नभएको र घटनाको सत्यतथ्य छानबिन गर्न प्रतिबद्ध रहेको जानकारी प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले दिएको समेत उनले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :