अखिल (क्रान्तिकारी) बर्दियाको दोस्रो पूर्ण बैठक सम्पन्न

अखिल (क्रान्तिकारी) बर्दियाको दोस्रो पूर्ण बैठक सम्पन्न

बर्दिया: अखिल (क्रान्तिकारी) जिल्ला समिति बर्दियाको दोस्रो पुर्ण बैठक बुधबार सम्पन्न भएको छ । संगठनका जिल्ला अध्यक्ष हरि प्याकुरेलको अध्यक्षता, नेपाल कम्युनिस्ट पार्टीका बर्दिया जिल्ला सेक्रेटरी गणेश चौधरीको प्रमुख अतिथ्यतामा बैठक सम्पन्न भएको हो । बैठकमा संगठनका केन्द्रिय सदस्य प्रेम शाही, संगठनका बर्दिया जिल्ला इन्चार्ज लोकेश राज जोशी र मधुवन नगर इन्चार्ज केशर सिहं लावडको अतिथ्यतामा मधुवनमा बसेको बैठकले विभिन्न महत्त्वपूर्ण निर्णय गरेको छ । 

बैठकमा प्रमुख अतिथि जिल्ला सेक्रेटरी गणेशले वैज्ञानिक समाजवादी शिक्षा अहिलेको आबश्यकता भएको बताए । शैक्षिक विकृति र विसंगतिका विरुद्ध डटेर संघर्ष गर्न विद्यार्थीहरुलाई आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :