अखिल (क्रान्तिकारी) नुवाकोटद्वारा शैक्षिक समस्या समाधानका लागि ज्ञापनपत्र पेश

अखिल (क्रान्तिकारी) नुवाकोटद्वारा शैक्षिक समस्या समाधानका लागि ज्ञापनपत्र पेश

अखिल (क्रान्तिकारी) नुवाकोट जिल्ला समितिद्वारा शैक्षिक क्षेत्रमा देखिएका तमाम खाले समस्या समाधानका लागि नुवाकोट जिल्ला प्याप्सन कार्यलयमा ज्ञापनपत्र बुझाएको छ ।

प्याप्सनअध्यक्षलाई २८ बुँदे ज्ञापनपत्र बुझाएको हो । प्याप्सन अध्यक्ष प्रकाश कुईकेलले ज्ञापनपत्र बुझ्दै अखिल (क्रान्तिकारी) सँग समन्वय गरेर अघि बढ्ने बताए । अखिल (क्रान्तिकारी) ले शैक्षिक मागहरु कार्यान्वयनमा वेवास्ता गरिए संघर्ष गर्न बाध्य हुने चेतावनी दिएको छ ।

यसअघि अखिल (क्रान्तिकारी) नुवाकोट जिल्ला समितिद्वारा शैक्षिक क्षेत्रमा देखिएका तमाम खाले समस्या समाधानका निम्ति विदुर नगर प्रमुख नुवाकोट, बेलकोटगढी नगर प्रमुख शिक्षा प्रमुख र विदुर नगर प्याप्सनलाई २८ बुँदे ज्ञापनपत्र बुझाइसकेको छ । शैक्षिक मागहरु कार्यान्वयनमा वेवास्ता गरिए संगठन संघर्ष गर्न बाध्य हुने ब्यहोरा जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :