कञ्चनपुरमा विकृत्ति विसङ्गति विरूद्ध हस्ताक्षर संकलन हुँदै

संकलित हस्ताक्षर जिल्ला प्रशासन कार्यालयमा बुझाईने

कञ्चनपुरमा विकृत्ति विसङ्गति विरूद्ध हस्ताक्षर संकलन हुँदै

नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति कञ्चनपुरको भीमदत्त नगर समितिले सामाजिक विकृति विसंगति का विरुद्ध जनजागरण तथा हस्ताक्षर संकलन अभियान सुरु गरेको छ ।

अभियान उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा भीमदत्त नगर इन्चार्ज डम्मर विष्टले समुदायमा चोरी डकैती,जुवातास,हत्या हिंसा, बलत्कार, घुसखोरी, भ्रष्टाचार कमिसन जस्ता तमाम समस्या हरू बढ्दै गएको र जसको संरक्षण दलाल संसदीय व्यवस्थाले गरिरहेको उनले दाबि गरे। यी विकृति विसंगति विरुद्ध आफ्नो पार्टीले सदैव निर्मम तरिकाले संघर्ष गर्दै आएको स्मरण गराउँदै अबको दिनमा पनि यसलाई नियन्त्रण गर्न लागि पर्ने बताएका छन् । यस्ता सम्पूर्ण समस्याको समाधान वैज्ञानिक समाजवादले दिने बताउँदै वैज्ञानिक समाजवादका लागि जनमत तयार गर्न र जनतासंगको सुमधुर जनसम्बन्ध निर्माणमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

नगर सचिव दीपेन्द्र ऐरीको सञ्चालन र अध्यक्षतामा भएको सो कार्यक्रममा अतिथिहरूमा कञ्चनपुर जिल्ला कार्यलय सचिव भुवन कुँवर, अखिल क्रान्तिकारी सेती महकाली ब्युरो संयोजक वीरेन्द्र शाह,आर्थिक विभाग प्रमुख राम भट्ट लगायतका नेता कार्यकर्ताहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो।

समाजमा विकृति विसंगति तीब्र रुपमा बढ्दै गएको र यसलाई नियन्त्रण गर्न अभियान चलाइएको नगर सचिव दीपेन्द्र ऐरीले जानकारी दिए। नगर का सबै वडाहरुमा अभियान टोलीले जनचेतना मूलक एवम् रचनात्मक कार्यक्रम सहित हस्ताक्षर संकलन गर्ने योजना रहेको उनले बताएका छन । सो संकलित हस्ताक्षर जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मा बुझाउने उनले बताए।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :