जेलमा रहेका कार्यकर्ता छुटेपछि नेकपा बर्दियाको स्वागत

जेलमा रहेका कार्यकर्ता छुटेपछि नेकपा बर्दियाको स्वागत

नेपाल कम्युनिष्ट पार्टी बर्दियाले जेलबाट रिहाइ भएका कार्यकर्तालाई सम्मान गरेको छ। नेकपा बर्दिया सेक्रेटरी गणेश चौधरीले १८ महिना जेलजीवन बिताई आईतबार रिहा भएका पार्टीका बर्दिया जिल्ला सचिवालय सदस्य जयबहादुर ठाडामगरलाई स्वागत तथा सम्मान गरेका हुन।

मगरलाई बर्दिया प्रहरीले हातहतियार तथा खरखजानासम्बन्धि झुट्टा मुद्धा लगाएर गिरफ्तार गरेको थियो। सरकारले नेकपासंग तीन बुँदे सहमति गरेर मुद्धा फिर्ता लिने र जेलमा रहेका नेताकार्यकर्ता रिहा गर्ने सहमति गरेपनि नेकपा नेताकार्यकर्ता अझै रिहाइ हुनसकेका छैनन्। मगरलाई सम्मान गर्दै बर्दिया सेक्रेटरी गणेश चौधरीले सरकारसँग सहमति भएको चार महिना बितिसक्दा पनि नेताकार्यकर्ता रिहा नहुनु दुखद विषय भएको बताए। आफ्नो पार्टीले सहमतिलाई इमानदार भएर लागु गरेपनि सरकारले उदासिनता देखाएको उनले आरोप लगाए।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :