अखिल (क्रान्तिकारी) कञ्चनपुरद्वारा शैक्षिक विकृतिविरुद्ध प्रदर्शन

अखिल (क्रान्तिकारी) कञ्चनपुरद्वारा शैक्षिक विकृतिविरुद्ध प्रदर्शन

महेन्द्रनगर : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कञ्चनपुरले शैक्षिक विकृति विसङ्गतिका विरुद्ध महेन्द्रनगरमा प्रदर्शन गरेको छ । अखिल क्रान्तिकारी केन्द्रीय समितिको नीति अनुसार देशैभरि यी विविध विकृति विसङ्गतिविरुद्ध प्रदर्शन गरिरहेको र यसै क्रममा अखिल क्रान्तिकारी कञ्चनपुर जिल्ला समितिले पनि शुक्रबार प्रदर्शन गरेको छ ।

अखिल (क्रान्तिकारी) का सेती-महाकाली संयोजकले उक्त कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले देशमा लागू गरेको द्वेत शिक्षा नीतिलाई तत्काल हटाउनुपर्ने, शिक्षा सबैको सहज पहुँचमा हुनुपर्ने, धनी गरिब छुट्ट्याउने वर्ग विभेदकारी शिक्षा तत्काल खारेज गर्नुपर्ने माग गरेका छन् । सरकारी स्कूलले नीतिगत रुपमा नै लिने गरेको शुल्क आम जनताको हित विपरीत रहेको र यस्तै निजी शैक्षिक संस्थाले गरेको मनपरि शुल्क वृद्धि तत्काल फिर्ता लिनुपर्ने, स्थगित भएका सबै परीक्षाहरू स्वास्थ्य मापदण्ड अपनाई सुचारु गर्नुपर्ने, शिक्षक र विद्यार्थीलाई कोरोनाको खोप तत्काल व्यवस्था गरि शैक्षिकसत्र सुचारु गर्नुपर्ने बताएका छन् ।

साथै उक्त सङ्गठनकै केन्द्रीय सदस्य प्रकाश जप्रेलले सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्ने र महिला हिंसाको घटनामा सङ्लग्न दोषीलाई कानुनीको दायराभित्र ल्याएर दोषीउपर कडा कारवाही गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :