नेकपा रुकुम पश्चिमद्वारा निःशुल्क खाना खुवाउने अभियान ५१ दिन पछि समापन

नेकपा रुकुम पश्चिमद्वारा निःशुल्क खाना खुवाउने अभियान ५१ दिन पछि समापन

रुकुम पश्चिम : नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमले जिल्लामा कोरोना भाइरसको सङ्क्रमण बढेपछि र जिल्ला प्रशासन कार्यालयद्वारा जिल्लाभरि निशेधाज्ञा जारी गरिएसँगै अस्पतालभित्र सञ्चालित क्यान्टिनले गुणस्तरहीन र महङ्गो खाना तथा खाजा खुवाएको गुनासो पछि निःशुल्क खाना खुवाउने अभियान चलाएको नेकपा रुकुम पश्चिमले शुक्रबार एक कार्यक्रमका बीच समापन गरिएको छ ।

अस्पतालभित्र सञ्चालित क्यान्टिनमा महङ्गो र बाहिर होटल तथा खाजा पसल बन्द भएपछि अस्पतालमा आउने कोभिड १९ सङ्क्रमित बिरामी र उनका कुरुवाहरू मर्कामा परेका थिए । गत जेठ ७ गतेबाट थालिएको निःशुल्क खाना खुवाउने अभियान जिल्लामा सङ्क्रमितको सङ्ख्या कम हुँदै गइरहेको र २४ गते बसेको डिसिएमसीको बैठकले निषेधाज्ञा खुकुलो बनाउँदै होटल समेत सञ्चालन गर्नदिने निर्णय गरेसँगै असार २५ गते उक्त खाना खुवाउने अभियान समापन गरिएको हो ।

जिल्ला अस्पताल सल्लेको क्यान्टिनले गुणस्तरहीन खाना खुवाएको सङ्क्रमित बिरामीबाट खाना तथा नास्ताको चर्को मूल्य असुलेको भनि गुनासो आएपछि आफूहरूलाई जिम्मा दिए निःशुल्क सेवा दिने भन्दै प्रशासनसँग माग गरिरहेको थियो तर प्रशासनले अनुमति दिएको थिए ।

उक्त निःशुल्क रुपमा खाना खुवाउने अभियान सञ्चालन गरिएको भोलीपल्टै प्रशासनले माथिको दबाव भन्दै पटकपटक प्रहरी पठाएर बन्द गर्न दबाव दिएको थियो । गरिबी र कोरोना महामारीसँगसँगै जुधिरहेका रुकुमेली जनतालाई निःशुल्क खाना खुवाउदा प्रशासनको किन टाउको दुखाई भन्दै चौतर्फी विरोधपछि प्रशासन मौन बसेको थियो । तर सङ्क्रमित बिरामी र बिरामीका आफन्तहरूले निःशुल्क खाना खुवाउने अभियान फेरि सञ्चालन गर्न आग्रह गरेपछि बन्द गरिएको उक्त अभियान पुनः सञ्चालन गरिएको थियो ।

अहिलेसम्म कार्यक्रममा निःशुल्क खाना तथा खाजा खुवाउने अभियानमा करिब १ हजार १ सय ४४ जनालाई झण्डै ४ हजार ८ सय ४५ छाक खाना खुवाएको जानकारी दिइएको छ । यस अवधिमा अस्पतालमा कार्यरत कर्मचारी तथा स्वास्थ्यकर्मीलाई समेत खाजाको व्यवस्था गरेको बताएको छ ।

उक्त निःशुल्क खाना खुवाउने अभियनाको नेतृत्व गर्नु भएका नेता नरेन्द्र विकले अभियान व्यवस्थापनको क्रममा ५ लाख ३९ हजार ८ सय ३० रुपैयाँ खर्च भएको र ३ लाख ३७ हजार २ सय ५० बराबरको विभिन्न जिन्सी सामान सहयोगी दाताहरूबाट प्राप्त भएको र व्यवस्थापकीय रुपमा २ लाख १ हजार ७ सय रुपैयाँ तिर्न बाँकी रहेको समेत जानकारी दिए ।

समापन कार्यक्रममा नेकपा रुकुम पश्चिमका जिल्ला सेक्रेटरी चन्द्रबहादुर बुढाले अभियानमा सहयोग गर्ने विभिन्न सहयोगी दाताहरूलाई धन्यवाद व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :