नेकपाका जनवर्गीय सङ्गठनद्वारा मूल्यवृद्धि र हत्याविरुद्ध प्रदर्शन

नेकपाका जनवर्गीय सङ्गठनद्वारा मूल्यवृद्धि र हत्याविरुद्ध प्रदर्शन

सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी निकट संयुक्त जनवर्गीय सङ्गठनको आयोजनामा सुर्खेतमा विरोध प्रदर्शन गरिएको छ ।

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि, चितवनकी सुजिता भण्डारी र कैलालीका ७ वर्षीय बालक विवेक बिस्टको हत्या प्रकरणलगायत घटनाको विरोध गर्दै प्रदर्शन गरिएको हो ।

यरी चोकबाट नारा-जुलुससहित सुरु भएको र्याली मङ्गलगढीचोकमा कोणसभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी सुर्खेतका सेक्रेटरी ध्रुवले देशमा बढेको हत्या, हिंसा, मूल्यवृद्धि, दलाली, कमिसन, घूसखोरी, अन्याय-अत्याचारको जिम्मेवारी संसदीय दलाल पुँजीवादी व्यवस्थाले लिनुपर्ने र यो व्यवस्था रहेसम्म जनतामाथिको चौतर्फी अन्याय-अत्याचार अझै बढ्दै जाने निश्चित भएकाले यो व्यवस्थालाई खारेज गरी वैज्ञानिक समाजवाद स्थापना गर्न सबै नेपाली एक हुनुपर्ने बताए ।

अखिल क्रान्तिकारी सुर्खेतका अध्यक्ष तुलाराज तिरुवाको सञ्चालनमा सम्पन्न कोणसभामा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रेम शाही, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका अध्यक्ष खिमलाल बुढाथोकी, अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घ सुर्खेतका अध्यक्ष भूमिप्रसाद उपाध्याय, स्वतन्त्र दलित विद्यार्थी सङ्गठनका अध्यक्ष धनबहादुर नेपालीलगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :