विभेद र छुवाछूतविरुद्ध गीति सङ्ग्रह सार्वजनिक

विभेद र छुवाछूतविरुद्ध गीति सङ्ग्रह सार्वजनिक

काठमाडौँ : काठमाडौँमा रूपा सुनारले डेरा नपाएर दलित समुदाय र अधिकारकर्मीहरू आन्दोलित भइरहेको समयमा विभेदविरुद्धको गीति सङ्ग्रह सार्वजनिक भएको छ ।

एनबी विक पटेलको ‘घिनलाग्दो विभेद..’ गीतको भिडियो हाइलाइट्स नेपाल यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । उक्त गीतमा शब्द र स्वर एनबी विक पटेल र सङ्गीत आरोह नेपालीको रहेको छ । विभेदयुक्त नेपाली समाजलाई उजागर गरिएको उक्त गीतको एरेन्ज सौगात सायरले गरेका छन् । गीतको छायांकन तथा निर्देशन पंकी सुरज र सम्पादन सागर महतले गरेका हुन् । कलाकार आत्मा पौडेल, सङ्गीता सुनार, दीपेन्द्र पाण्डे, विनिता चन्दका साथै बालकलाकार स्पन्दन विक, प्रिन्स कौसललगायतले गीतको भिडियोमा नृत्य गरेका छन् । कुलचन्द्र विक पटेल, मीना विक, स्मृति सुनार, हीरा परियार, अर्जुननरसिंह खनाललगायतले अभिनय गरेका छन् ।

गीतमा दलित समुदायले भोग्नुपरेका सामाजिक विभेदका विषयहरू प्रस्तुत गरिएको छ । धारा छुँदा, अन्तरजातीय प्रेमविवाह गर्दा ज्यान गुमाउनु परेका साथै सहरबजारमा दलितले डेरासमेत नपाउने विषय गीतमा उल्लेख छ । नेपाली समाजमा विद्यमान छुवाछूतको संस्कारलाई घिनलाग्दो विभेदको संज्ञा दिँदै विज्ञानको दुनियाँमा हाम्रो नेपाली समाज जात व्यवस्थामै अल्झिरहेकाले यसलाई हटाउनका लागि सबै जाति र वर्ग जुट्नुपर्ने सन्देश गीतले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :