काठको कारोबार तत्काल बन्द गर्न नेकपाद्वारा चेतावनी

काठको कारोबार तत्काल बन्द गर्न नेकपाद्वारा चेतावनी

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी सन्धिखर्क नगर कमिटीले वन पैदावरका प्रतिनिधि, ठेकेदार र कर्मचारीले जनताको सेवामा खटिएका आफ्नो पार्टीका नेता-कार्यकर्तालाई अभद्र व्यवहार गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेकपाका सन्धिखर्क नगर कमिटी इन्चार्ज बारुदले मङ्गलबार प्रेस विज्ञप्ति जारी गरी असार २१ गते भूमिकास्थानदेखि पोखरा लैजाँदै गरेको लु १ ख ७८२२ र लु १ ख ४३४१ नम्बरका २ वटा ट्रकमा ओभरलोड गरी काठ लैजाँदै गर्दा नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीका युवाहरूले नियन्त्रणमा लिएको बताएका छन् ।

युवाहरूले राती ८ बजे लैजाँदै गरेको काठ शङ्का लागेर सोधपुछ गर्दा भूमिकास्थान र सन्धिखर्क नगरपालिकाका सव डिभिजन वन कार्यालय प्रमुख हरिबहादुर थापा, वन पैदावरका उपाध्यक्ष, सदस्य कर्मचारीहरूले जनताको सेवामा खटिएका आफ्नो पार्टीका नेता–कार्यकर्तालाई अभद्र व्यवहार गरेको बारुदद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘उक्त घटनामा सङ्लग्न वनपैदावारका प्रतिनिधि, ठेकेदार र कर्मचारीले हाम्रो पार्टीका कमरेडहरूसँग माफी नमागे पार्टीले जनकारवाही गर्ने चेतावनी दिन चाहन्छौँ । आजका मितिदेखि उक्त घटनामा सङ्लग्नलाई छानबिन गरी कारवाही नगरेसम्म काठको कारोबार बन्द गर्न समेत चेतावनी दिन चाहन्छौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :