नेकपा, पाल्पाद्वारा जनअभियान तिब्र

नेकपा, पाल्पाद्वारा जनअभियान तिब्र

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी पाल्पाले जनअभियानलाई तिब्र बनाएको छ । उक्त जनअभियान अन्तर्गत सरकारसँग भएको सहमति, पार्टीको अगामी रणनीतिका बारेमा जनभेटघाट मार्फत आम जनसमुदायहरूलाई प्रष्ट पार्दै जिल्लाको पूर्वी पाल्पातिर व्यस्त रहेको छ ।

जनभेटघाट कार्यक्रममा प्रत्यक्ष जनताको बीचमा रहेर कोभिड सङ्क्रमित अवस्था र यसले पारेका प्रभाव, समस्या र समाधानका बारेमा वस्तुस्थितिको रिपोर्ट लिइएको जिल्ला सचिव प्रभातले बताए । साथै निकै समस्यामा परेका घरपरिवारजन, विपन्न परिवारजन, बिरामीहरूलाई पार्टीको तर्फबाट सक्दो सहयोग गरिरहेको समेत बताए ।

पाल्पाको पूर्वी भेग रामपुर नगरपालिका, निस्दि गाँपाा, रम्भा गाँपा लगायतका ठाउँहरूमा जनभेटघाट गरेको छ । उक्त जनअभियान तथा जनभेटघाट कार्यक्रममा जिल्ला सचिव प्रभातको नेतृत्वमा करिब आधा दर्जन जिल्लाका नेताहरूको उपस्थिति रहेको प्रभातले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :