काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ललितपुर जिल्ला समितिद्वारा श्री मदन स्मारक मा.वि., पुल्चोक, ल.पु.मा आइतबार खाद्यान्न राहत एवम् स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।
खाद्यान्य राहत एवम् स्वास्थ्य सामाग्री जिल्ला अध्यक्ष अग्रिमद्वारा उक्त विद्यालयका प्रधानाध्यापक श्री गोविन्द पौडेल सरलाई हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा नेकपा ललितपुर जिल्ला सेक्रेटरी तथा मदन स्मारक मा.वि.का व्यवस्थापन कमिटीका अध्यक्ष रमेश डङ्गोल, विद्यार्थी जिल्ला उपाध्यक्ष निगम, सचिव मानबहादुर र पसन संयुक्त क्याम्पसका विद्यार्थी नेता युनिक सुनारको पनि सहभागिता रहेको थियो ।
खाद्यान्न राहत तथा वितरण मुख्य तथा स्कूलका समस्याग्रस्त एवम् जेहेन्दार विद्यार्थीहरूलाई अहिलेको कोरोना महामारी महाविपत्तिको समयमा समस्यालाई मध्यनजर गरि प्रदान गरिएको बताइएको छ ।