अखिल (क्रान्तिकारी) द्वारा बृद्धालाई आर्थिक सहयोग

अखिल (क्रान्तिकारी) द्वारा बृद्धालाई आर्थिक सहयोग

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) जाजरकोटले गरिबीको कारण ९ छाकसम्म भोकै बसेकी एक बृद्धालाई आर्थिक सहयोग गरेको छ । आइतबार सङ्गठनका जिल्ला अध्यक्ष विराजन शाही, उपाध्यक्ष दिपेन्द्र सिंहले जिल्लाको छेडागाड नगरपालिकाकी यशोधा ओलीको घरमा पुगेर नगद सहयोग गरेका हुन् ।

कोरोना महामारीका कारण मजदुरी गर्न भेरी नगरापालिको पिपलडाँडामा छाप्रो बनाएर बस्दै आएकी बृद्धालाई खाद्यान्न अभाव भएपछि ९ छाक भोकै बसेकी बृद्धालाई आर्थिक सहयोग गरिएको अखिल क्रान्तिकारी जाजरकोटका अध्यक्ष विराजन शाहीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :