पाल्पामा किसान महासङ्घ क्रान्तिकारीद्वारा धान दिवस कार्यक्रम

पाल्पामा किसान महासङ्घ क्रान्तिकारीद्वारा धान दिवस कार्यक्रम

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारी, पाल्पाले धान दिवस कार्यक्रम सम्पन्न गरेको छ ।

पाल्पा पश्चिम देउरालीमा कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य आकाशले किसानका मुक्तिको लागि किसान आन्दोलनलाई थप उचाइँमा उठाउनुपर्ने बताए । उनले अहिले माफिया दलालका कारण खाद र बिउबिजन कृत्रिम् अभाव खडा गरिएको छ त्यसैले यी दलाल र माफियाहरूको सम्पत्ति राष्ट्रियकरण गरेर किसानहरूलाई बाँड्नुपर्ने बताए ।

कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन यातायात सङ्घका राजिव भट्टराई, दलित मुक्ति मोर्चाका सुदिव विश्वकर्मा, युवा सङ्घ पाल्पाका जिल्ला सदस्य बल्लुलगायत विभिन्न नेता–कार्यकर्ता तथा स्थानीयहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता किसान महासङ्घ क्रान्तिकारीका जिल्ला सचिव दामोदर अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :