सन्धिखर्क : नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले जनश्रमदान आरम्भ गरेको छ । नेकपा अर्घाखाँचीका सेक्रेटरी खेम घर्तीमगरसहित नेता–कार्यकर्ता भूमिकास्थान नगरपालिकामा जनश्रमदानमा खटिएका हुन् ।
सेक्रेटरी घर्ती मगरले जनश्रमदान गर्ने पार्टीको नीतिअनुसार जनताको घरमा मकै गोड्ने, कोरोना सङ्क्रमण रोकथामका लागि जनचेतना अभियान चलाउनेलगायतको काम गरिरहेको जानकारी दिए ।
नेकपाका नेता–कार्यकर्ताहरू भूमिकास्थान नगरपालिका वडा नं. ३ राईखन्नेमा पनि जनश्रमदान गरिरहेका छन् । यो अभियान जेठ २८ गतेसम्म चल्ने सेक्रेटरी घर्ती मगरले बताए ।
प्रतिक्रिया दिनुहोस्