काठमाडौँ : इन्टर मिलानले इटालियन सिरी ‘ए’ फुटबलमा साम्पडोरियालाई ५–१ गोलले पराजित गरेको छ । शनिबार राति भएको खेलमा इन्टर मिलानले साम्पडोरियामाथि फराकिलो जित हातपारेको हो ।
घरेलु मैदानमा इन्टर मिलानलाई जित दिलाउन एलेक्सिस सान्चेजले दुई गोल र लाउटरो मार्टिनेज, रोबर्टो गाग्लियार्दिनी र आन्द्रे पिनामोन्टीले एकएक गोल गरेका थिए । साम्पडोरियाका केइटा ब्लेडले मात्र एक गोल फर्काउन सके ।
इन्टर मिलानले ३५ खेलमा ८५ अङ्क जोडेको छ भने साम्पडोरिया ४५ अङ्क जोडेर नवौँ स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्