मार्तडी : जनपत्रकार सङ्गठन नेपाल बाजुराको भेलाले विमल शाहीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ ।
मार्तडीमा आयोजित सङ्गठनको प्रथम भेलामा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेकपा बाजुराका सेक्रेटरी भरत थापाले पार्टीले अगाडि सारेको एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवादमा पुग्ने बाटोलाई जनपत्रकारहरूले आत्मसाथ गर्नुपर्ने बताए ।
भेलामा सम्बोधन गर्दै जनपत्रकार सङ्गठन नेपाल सेम ब्युरो संयोजक प्रकाश थापाले पत्रकारिता महत्वपूर्ण मोर्चा र शक्ति भएकाले पार्टीको मिसनलाई साथ दिँदै समाजमा भएका विकृति र विसङ्गतिका विरुद्ध लेख्नुपर्ने धारणा राखे ।
सङ्गठनका जिल्ला संयोजक विमल शाहीको अध्यक्षतामा सम्पन्न भेलामा नेकपा बाजुरा जिल्ला सदस्य विलास, रक्तिम, पार्वती, स्टार र शेर्पा अतिथिका रूपमा सहभागी थिए । भेलाको सञ्चालन खेमराज विश्वकर्माले गरेका थिए ।