अखिल (क्रान्तिकारी) काभ्रेको जिल्ला भेला

अखिल (क्रान्तिकारी) काभ्रेको जिल्ला भेला

काभ्रे : अखिल क्रान्तिकारी काभ्रेको भेलाले सुरज लामिछानेलाई अध्यक्षमा चयन गरेको छ । अखिल क्रान्तिकारीको केन्द्रीय कार्यालयले दिएको जानकारीअनुसार वैशाख १० गते बनेपास्थित पोलिटेक्निक कलेजमा आयोजित जिल्ला भेलालाई प्रमुख अतिथिका रुपमा सङ्गठनका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालले सम्बोधन गरेका थिए ।

प्राप्त समाचारअनुसार सङ्गठनको २० औँ जिल्ला सम्मेलनको भव्य तयारी गरिए पनि प्रहरीले ठूलो जमघट नगर्न व्यापक दबाब दिएको थियो । कोरोना भाइरस सङ्क्रमणको बढ्दो प्रकोपलाई ध्यानमा राखेर सम्मेलनलाई भेलामा परिणत गरिएको थियो । व्यापक उपस्थिति र जनसहभागिताको कार्यक्रम परिवर्तन गरेर सीमित विद्यार्थी प्रतिनिधिलाई मात्रै भेलामा सहभागी गराइएको जानकारी अखिल क्रान्तिकारी काभ्रे–रामेछाप इन्चार्ज प्रकाश तिरुवाले दिए ।

भेलाले अखिल क्रान्तिकारी काभ्रेका पूर्वअध्यक्ष महेन्द्र ओलीको बिदाइ पनि गरेको छ । नवनिर्वाचित अध्यक्ष लामिछानेले पढाइलाई पहिलो प्राथमिकता दिँदै सङ्गठन विस्तार र सुदृढीकरणको कामलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

भेलालाई विशेष अतिथिका रूपमा नेकपा काभ्रेका इन्चार्ज प्रताप, ताम्सालिङ ब्युरो जवस फ्याक्सन इन्चार्ज अभिलाश, अखिल क्रान्तिकारी ताम्सालिङ ब्युरो संयोजक मुकुन्द श्रेष्ठ र अतिथिका रुपमा अखिल क्रान्तिकारी काभ्रे–रामेछाप इन्चार्ज प्रकाशले सम्बोधन गरेका थिए । महेन्द्र ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन विश्व सेनले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :