अखिल (क्रान्तिकारी) झापाद्वारा सङ्गठन सुदृढ तथा विस्तार अभियान तीव्र

अखिल (क्रान्तिकारी) झापाद्वारा सङ्गठन सुदृढ तथा विस्तार अभियान तीव्र

झापा : नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) झापाले सङ्गठन सुदृढ तथा विस्तार अभियानलाई तीव्र पारेको छ ।

आइतबार उक्त सङ्गठन निर्माण गरेको अखिल (क्रान्तिकारी) झापाले जनाएको छ । अखिल (क्रान्तिकारी) ले शनिस्चरे माध्यामिक विद्यालयमा कुशल श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरेको जिल्ला अध्यक्ष खगेन्द्र सिटौलाले जानकारी दिए ।

यसैगरी झापामा विद्यार्थी सङ्गठनको संरचना हाल झापामा ८ रहेको जानकारीसमेत गराए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :