युवा सङ्गठन बुटवल उपमहानगरपालिकाको भेला सम्पन्न

बुटवल : युवा सङ्गठन नेपाल रूपन्देही, बुटवल उपमहानगरपालिकाको प्रथम भेला सम्पन्न भएको छ । आइतबार सम्पन्न भेलाले नवीनको संयोजकत्वमा १५ सदस्यीय नगर समिति निर्माण गरेको छ ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी पाल्पाका सेक्रेटरी तथा एकीकृत जनआधार सम्बन्ध विस्तार अभियान टोलीका प्रभातलगायत जिल्लास्तरीय नेताहरूको उपस्थिति रहेको बताइएको छ । प्रभातले सबैखाले युवाको समस्याको समाधान वैज्ञानिक समाजवादी व्यवस्थामा मात्र सम्भव रहेकाले दलाल पुँजीवादी व्यवस्थालाई अन्त्य गर्नुपर्ने बताए । उनले वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न सम्पूर्ण युवा एकीकृत जनक्रान्तिमा लामबद्ध हुनुपर्ने पनि प्रस्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :