अखिल क्रान्तिकारी डँडेल्धुराको १२ औँ जिल्ला सम्मेलन सम्पन्न

अखिल क्रान्तिकारी डँडेल्धुराको १२ औँ जिल्ला सम्मेलन सम्पन्न

डँडेल्धुरा : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) डँडेल्धुरा को १२ औँ जिल्ला सम्मेलन डँडेल्धुराको जोगबुढामा सम्पन्न भएको छ । बुधबार सम्पन्न सम्मेलनले गणेश बोहराको अध्यक्षतामा २३ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको छ ।

सम्मेलनमा सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा सेती–महाकाली ब्युरो संयोजक वीरेन्द्र शाहले दलाल संसदीय व्यवस्थाले मुलुकको शैक्षिक समस्याको समाधान दिन नसक्ने भएकाले वैज्ञानिक समाजवाद आवश्यक भएको बताए ।

नेकपा डँडेल्धुरा जिल्ला इन्चार्ज दौलत बिष्टले सरकारसँग ३ बुँदे सहमति भए पनि कार्यान्वयनमा भएको ढिलाइले विभिन्न आशङ्का उत्पन्न गरेको बताए । आफूहरूले संसदीय व्यवस्थालाई स्वीकार नगरेको र अहिलेको राजनीतिक सङ्कटको समाधान संसदीय निर्वाचन र सरकार फेरबदलबाट नहुने उल्लेख गर्दै बिष्टले यसका लागि पुँजीवादी व्यवस्था र समाजवादी व्यवस्थाबारे जनमत सङ्ग्रह गरिनुपर्ने बताए ।

कार्यक्रमका अतिथिहरू पार्टी जिल्ला सचिव विजय राना, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य बबरजङ्ग सिंह थिए । कार्यक्रमको अध्यक्षता अखिल क्रान्तिकारी डँडेल्धुरा भेला आयोजक समिति संयोजक शङ्कर खातीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :